प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएपनि देशलाई तरंगित बनायो : अध्यक्ष ओली

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको आरोप लगाउनु भयो ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले देशलाई तरंगित समेत बनाएको बताउनु भयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित बनाउनुपर्नेमा देशलाई तरंगित बनाएको बताउनु भएको हो । उहाँले प्रधानमन्त्रीले परराष्ट्र प्रोटोकलको समेत ख्याल नगरेको आरोप लगाउनु भयो ।

यही १७–२० जेठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गर्नुभएको थिो । सो भ्रमणमा बंगलादेशसम्म जाने बाटोका लागि नेपाली भूमि साट्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले देशलाई तरंगित बनाएको अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले सीमा विवाद अन्त्यका लागि सुगौली सन्धी बलियो प्रमाण रहेको बताउनु भयो ।नेपालको जमिन साट्ने कुरा कानुन र संविधानविपरीत रहेको भन्दै उहाँले भारतीय फौज नेपाल भूमिमा आएर बस्दा बोल्न डराउन नहुने बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डको बंगलादेशसम्म जानका लागि नेपालको भूमि साट्ने भन्ने अभिव्यक्ति भिडियो रेकर्ड नै रहेको बताउँदै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले नेपाली शिर ठाडो हुने गरी भारत भ्रमण नगरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?