प्रिन्सेस कपको मुख्य प्रायोजनमा ग्रेस इन्टरनेसनल

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने प्रिन्सेस कप स्कुल महिला क्रिकेट प्रतियोगितामा ग्रेस इन्टरनेसनलले मुख्य प्रायोजन गरी सहयोग गरेको छ । काठमाडौंमा सोमबार ग्रेस इन्टरनेसनलका निर्देशक तथा सहसंस्थापक अन्ड्रु पौडेल र एकेडेमीका व्यवस्थापक समुयल न्यौपानेले मुख्य प्रायोजन सम्झौतामा हस्तान्तरण गर्नुभयो ।

आगामी डिसेम्बर ८ देखि धनगढीमा हुने प्रतियोगिताको मुख्य प्रायोजन गरेपश्चात् पौडेलले ग्रासरुट क्रिकेटको विकासमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । यस्तै, उहाँले नेपालमा क्रिकेट क्रेज एकदमै राम्रो रहेको बताउँदै यस प्रायोजनलाई ग्रेस इन्टरनेसनलले नेपाली क्रिकेटको विकासमा गरेको लगानीका रूपमा लिइदिन अनुरोध गर्नुभयो ।

यस्तै, एकेडेमीका व्यवस्थापक न्यौपानेले प्रिसेन्स कप महिला क्रिकेटको ग्रासरुट विकासमा महत्वपूर्ण भएको बताउँदै प्रायोजनका लागि पौडेललाईं धन्यवाद व्यक्त गर्नुभयो ।

धनगढीमा हुने प्रतियोगितामा १६ स्कुलको सहभागिता रहनेछ । विजेताले ३० हजार तथा उपविजेताले १५ हजार पाउनेछन् । यस्तै, प्लेयर अफ द सिरिजले २ हजार र बेस्ट ब्याटरले १ हजार नगद हात पार्ने आयोजकले जनाएको छ ।

डिसिएले सबै महिला खेलाडीहरूलाई निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको छ । डिसिएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरू प्रशिक्षणरत छन् । हाल नेपाली टोलीका ईश्वरी विष्ट तथा रुवि पोदार डिसिएमै अभ्यासरत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?