रेसुङ्गा नगरपालिकाद्वारा विद्यार्थी सम्मान

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको एक स्थानीय तहले विद्यार्थीलाई सम्मान गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाले एसइई–२०७८ मा ३.२ जिपिए भन्दा माथि ल्याएका यस नगरपालिका भित्रका विद्यालयमा कक्षा–११ मा अध्ययनरत ९६ जना विद्यार्थीहरूलाई सम्मान गर्दै चेक हस्तान्तरण गरेको छ ।

सम्मानित विद्यार्थीहरुले प्रोत्साहन स्वरुप पहिलो चार महिनाको किस्ता बापतको १६ हजार रुपियाँका प्राप्त गरेका छन् । विद्यार्थीलाई सम्मान गर्दै चेक हस्तान्तरण गर्नुहुँदै रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले आफुहरुले घोषणा गरेको समन्ुनतिको पहिलो आधार शिक्षा भएको बताउनुभयो । “विद्यार्थीहरुको शैक्षिक भविष्य सफल र सार्थक होस् भन्ने हाम्रो अपेक्षा हो ।” उहाँले भन्नुभयो, “विद्यार्थी ठुलो होइन, असल र सधै अनुशासित हुनुपर्छ ।”

समुन्नत नगरपालिका बनाउने सूचाङ्क मध्येको पहिलो सूचाङ्क शिक्षा भएको उहाँले उल्लेख गर्नुभयो । विद्यार्थीहरु केही समय पछि सिंगो देशको अब्बल दर्जामा सबल र सफल नागरिक हुने विश्वास समेत नगरप्रमुख पन्थीले व्यक्त गर्नुभयो । “शिक्षामा लगानी गर्न नगरपालिका तयार छ ।” उहाँले भन्नुभयो, “आगामी वर्ष यो भन्दा धेरै विद्यार्थीलाई पुरस्कृत गर्न पाउँ ।” विद्यालयको शिक्षामा सुधार ल्याउन विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु बढि जिम्मेवार हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसरी नगरपालिकाले विद्यार्थीलाई सम्मान गर्दा विद्यार्थीमा प्रतिस्पर्धाको वातावरण सिर्जना भएको छ । विद्यार्थी सम्मानले बुटवल, काठमाडौं जानबाट रोक्ने नगरप्रमुख पन्थीले बताउनुभयो । “विद्यार्थी सम्मान कार्यक्रमले पढ्नु पर्छ भन्ने भावनाको सन्देश प्रवाह गरेको छ ।” उहाँले भन्नुभयो, “अभिभावलाई पढाउनुपर्छ भन्ने भावनाको विकास गर्न यसले प्रेरित गर्ने विश्वास लिएका छौं ।” विशेषगरी बसाइँसराई रोक्न यसले ठूलो मदत गर्ने भन्दै शिक्षा र स्वास्थ्यमा बजेटको दायरा बढाउने उहाँले बताउनुभयो ।

त्यस अवसरमा यस रेसुङ्गा नगरपालिकाभित्रका विद्यालयका प्रधानाध्यापकहरुले विद्यार्थी सम्मान कार्यक्रमले विद्यार्थीलाई पठन संस्कृतिको विकास गर्न जोड दिने बताउनुभयो । विद्यार्थीलाई आकर्षितसँगै अध्ययन कार्यमा निकै हौसला प्रदान गरेको उहाँहरुले उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?