काठमाडौं म्याराथनलाई इनड्राइभको साथ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इनड्राइभले एनआरएस स्पोर्ट्स फाउण्डेसनसँग १५औँ काठमाडौं म्याराथनका लागि सहकार्य गर्ने भएको छ । एनआरएस स्पोर्ट्स फाउण्डेसनले आयोजना गरेको काठमाडौं म्याराथन एक दशकभन्दा बढी समयदेखि नेपालको खेलकुद क्यालेन्डरमा एक प्रमुख स्पोर्ट्स इभेन्ट हो । यस वर्ष इनड्राइभले कार्यक्रमको निरन्तर सफलता सुनिश्चित गर्न एनआरएस स्पोर्ट्स फाउण्डेसनसँग हातेमालो गरेको हो ।

राइड-हेलिङ (एपिएसी) इनड्राइभका निर्देशक रोमन एर्मोसिनले भन्नुभयो, ‘नेपालमा दौड संस्कृतिको विकास गर्ने र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो दूरीका धाबकलाई सहयोग गर्ने उद्देश्यले गरिएको पहललाई समर्थन गर्न दौड प्रतियोगिताका लागि एनआरएस स्पोर्ट्स फाउण्डेसनसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौंँ । तालिम कार्यक्रम काठमाडौं उपत्यकाका साथै ठिमी, हेटौंडा, बुटवल, पोखरा र भविष्यमा अन्य शहरमा विस्तार गर्ने योजनाका साथ सञ्चालन भइरहेको छ । अक्टोबर १४ मा हुने काठमाडौं म्याराथनमा स्लटहरू उपलब्ध गराएर यस अवसरमा युवा र अण्डरप्रिभिलेज रनर्सलाई अघि बढाउन इनड्राइभले तीन सयभन्दा बढी खेलाडीलाई सहयोग गरेको छ ।’

१५औँ काठमाडौं म्याराथन असोज २७ गते दशरथ रंगशालामा सुरु हुँदैछ । सहभागीहरूले फुल म्याराथन, हाफ म्याराथन र सबै उमेरका लागि फन रनसहित विभिन्न श्रेणीमा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?