तस्बिरमा हेर्नुहाेस् इन्द्रजात्राकाे राैनक (फाेटाेफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । उपत्यकामा मंगलबारदेखि इन्द्रजात्रा सुरू भएको छ । हनुमानढोका दरवार स्क्वायरमा १०ः३७ मिनेटमा इन्द्रध्वज उत्थान गरेपछि आजबाट औपचारिक रुपमा इन्द्र जात्रा शुरु भएको छ ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ । यो काठमाडौँमा मनाइने विविध जात्रामध्येको सवैभन्दा ठूलो, रमाइलो र महत्वपूर्ण जात्राको रुपमा इन्द्रजात्रालाई लिने गरिन्छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ ।

इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिङ्गो काटिएको थियो । यही असोज ६ गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो । आज लिङ्गोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?