सुन किन्‍ने बहानामा चोरी, चार जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सुन किन्‍ने बहानामा  विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्‍ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी-७ घर भई हाल काठमाडौं महानगर-१६ नयाँ बजार बस्‍ने ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर-१६ माछापोखरी बस्‍ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।

उनीहरूले काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई गरगहना किन्‍ने बहाना बनाइ चोरी गरी फरार हुने गरेको घटना अनुसन्धानबाट खुलेको प्रहरीको आरोप छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?