पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा छाडियो

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 5 mins

सप्तरी । विश्व पर्यटन दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुईवटा गैँडा पुष्पा र अञ्जली आज कोशी टप्पु वन्यजन्तु आरक्षमा क्षेत्रमा छाडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै खोरमा राखेरमा ल्याइएको गैंडा सोमबार कोशी टप्पुमा छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका पोथी गैंडा झन्डै ७ घण्टा पछि कोशीटप्पु वन्यजन्तु आरक्षको वन्यजन्तु उद्धार केन्द्र, सप्तरीको पथरी क्षेत्रमा सोमबार क्षेत्रमा छाडिएको हो ।

ट्रकमा ल्याइएको गैंडा शुक्लाको प्रवेशद्वारमा पुग्दा निकुञ्जका कर्मचारीसँगै नेपाली सेना र स्थानीयले स्वागत गरेर भित्र्याएका थिए । कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्र सप्तरीको कञ्चनरूप नगरपालिका ५ स्थित पथरीबाट क्षेत्रमा पुगेपछि काठले बनाएको खोर खोलेर गैँडालाई छाडिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई वटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई छोड्न वन तथा वातावरण मन्त्री डा।विरेन्द्र प्रसाद महतोले खोरको रिबन काटेर कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिमी क्षेत्रमा स्वागत गर्नुभएको थियो ।

मन्त्री डा. विरेन्द्र प्रसाद महतोले यस आरक्षणका वन्य जन्तुबाट हुने समस्याको समाधान गर्न तीनै तकका सरकार मिलेर कार्य गर्न लागी परेको बताउनु भएको छ । कोशी टप्पु आरक्षण घोषणा स्थानीय बासिको हितमा हने भनिएका केही वाचाहरू नेपाल सरकारको तर्फबाट हुन नसकोमा आफ दुखी भएको स्थानीय आक्रोशित हुन जायज भएको बताउनु भयो ।

उक्त कार्यक्रममा राष्ट्रिय निकुञ्जका तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। सिन्धु प्रसाद ढुंगाना , वन तथा वातावरण मन्त्रालयका सचिव डा। दीपक कुमार खराल, राष्ट्रिय प्रकृति संरक्षण कोष एवम् राष्टिय योजना आयोगका पूर्व सदस्य डा। कृष्ण प्रसाद ओली । पूर्व मन्त्री सत्य नारायण मण्डल, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह, मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मि , मधेश प्रदेश सभा सदस्य सकिल मिया, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष जङ्ग बहादुर खड्का र कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो। विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरेर सौराहामा हुर्काए पछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी टप्पु क्षेत्रमा ल्याई छाडिएको हो । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो ।

अहिले पुष्पा करिब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् ।

यसै गरी कोशीटप्पु वन्यजन्तु आरक्षको वन्यजन्तु उद्धार केन्द्र, सप्तरीको पथरी क्षेत्रमा ४ वर्षका दुई हात्ती उत्तरी प्रसाद र मकुना गज नाम गरेका राखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?