इजरायली सेनाद्वारा गाजामा आक्रमण

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । इजरायली सेनाले गाजा-इजरायल सीमा नजिकैको हमासको चौकीमा हमला गरेको छ ।

यो हवाई आक्रमण इजरायली सैन्य चौकीमा पहिला प्रहार गरिएपछिको प्रतिक्रिया रहेको बताइएको छ । इजरायली सेनाका प्रवक्ताले मानव रहित हवाई आक्रमण इजरायल र गाजापट्टी बीचको सुरक्षा बारमा भएको हिंसात्मक आक्रमणको जवाफ भएको बताएका छन् ।

प्यालेस्टाइनीहरुले झन्डै दुई हप्तादेखि सीमामा दैनिक रुपमा भइरहेको बिरोध प्रदर्शनको बीचमा इजरायलले आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?