सुन जस्तो देखिने ४ केजी पहेँलो धातुसहित तिनजना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-नवराज शिवाकोटी

दोलखा । सुन जस्तो देखिने पहेलो धातुसहित दोलखामा तीनजना पक्राउ परेका छन् । बुधवार बेलुकी विगु गाउँपालिका वडा नम्बर ३ जामुनेबाट उनीहरु पक्राउ परेका हुन् ।

सुन जस्तो देखिने पहेलो धातुसहित पेम्बा तामाङ, केशर तामाङ तथा माधव मगरलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी दिएको छ ।

जामुनेस्थित सीता तामाङको घरमा सुन जस्तो देखिने पँहेलो धातु लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा उनको घरमा खान तलासी गर्दा चार थान अन्दाजी चार केजी बरावरको सुन जस्तो धातु बरामद गरिएको प्रहरीको भनाई छ ।

ईलाका प्रहरी कार्यालय सिँगटीबाट प्रहरी निरीक्षक विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त धातु बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दिपक खड्काको कमाण्डमा सुन प्रकरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?