अञ्जन झापाको मार्की खेलाडी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली फुटबल टोलीका स्टार मिडफिल्डर अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल) मा झापा एफसीको मार्की खेलाडीका रूपमा अनुबन्ध हुनुभएको छ । झापाले एनएसएलको दोस्रो संस्करणको मिति सर्नुअघि पनि अञ्जनलाई नै मार्की खेलाडी भएको सार्वजनिक गरेको थियो । अञ्जन पहिलो संस्करणमा ललितपुर सिटी एफसीको मार्की खेलाडी हुनुका साथै कप्तान हुनुहुन्थ्यो ।

उहाँले पहिलो संस्करणको एनएसएलमा तीन गोल गर्दै उत्कृष्ट फरवार्डको अवार्ड प्राप्त गर्नुभएको थियो । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य अञ्जनले नेपालका लागि १२ गोल गरिसक्नुभएको छ ।

नेपाल सुपर लिगको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ । यस सिजनमा पहिलो संस्करणका ६ र ३ नयाँ गरी कुल नौ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगर भने दोस्रो संस्करणमा सहभागी हुनेछैन ।

यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट र एफसी चितवनले विशाल श्रेष्ठलाई मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् । एनएसएलको अक्सन शनिबार काठमाडौंमा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?