प्रधानमन्त्री दाहाल ङारीबाट छन्दु प्रस्थान गर्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार चीनको छन्दु जाँदैहुनुन्छ । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट शुक्रबार छन्दु जान लागेका उहाँको सचिवालयले जनाएको छ ।

शुक्रबार बिहान स्थानीय समयअनुसार ९ः४५ बजे  ङारीको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उहाँ स्थानीय समयअनुसार दिउँसो १४ः३० बजे छन्दु पुग्नुहुनेछ । छन्दुमा रहँदा प्रधानमन्त्री प्रचण्डले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओले  भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम छ ।

बुधबार चीनको छोङछिङबाट ल्हासा पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि जानुभएकाे थियाे । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्ड र उहाँको भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?