चिकित्सकका माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रवार शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । बैठककका निर्णय सार्वैजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुव्र्यवहारको घटना प्रति समितिको गम्भिर ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताउनु भयो ।

सभापति जोशीले भन्नुभयो, ‘चिकित्सकमाथि भएको दुव्र्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघ संस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो । चिकित्सकमाथि भएको यस प्रकारको दुव्र्यवहारको घटनाप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषि उपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादीत, सुरक्षित, भयरहित,हिंसारहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने । चिकित्सकहरु एवं स्वास्थ्य क्षत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत् हल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छौँ । समितिको तर्फबाट भएका पहलकदमी बारे डा.तोषिमा कार्कीलाई आन्दोलनरत चिकित्सकसँग समन्वय गराउने भन्ने भएको छ ।’

संसदीय समितिमा सांसदहरुले चिकित्सकहरुमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?