बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि हरिप्रसाद अर्याल प्यानलको उम्मेदवारी घोषणा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हरिप्रसाद अर्याल प्यानलको उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिएको हो ।

यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ अधिवेशनबाट संघको नेतृत्व लिनको लागि अध्यक्ष पदमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहनु भएका हरिप्रसाद अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिव पदमा मुक्ति अधिकारी, कोषाध्यक्ष पदमा बसन्तप्रसाद ढकाल, सचिव पदमा भेषराज गैरे र सहकोषाध्यक्ष पदमा धनकला खनालले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईलाई दिनेशप्रसाद श्रेष्ठको प्यानलमा पनि राखिएको छ । उम्मेदवारी घोषणा गर्दै अध्यक्ष पदका उम्मेदवार अर्यालले गौरवमय इतिहास बोकेको बुटवल उद्योग वाणिज्य संघले नयाँ सोंच, कार्यशैली, व्यवसायीमैत्री कार्यक्रम दिन सक्ने चलायमान नेतृत्वको आवश्यकता महशुस गरी आफ्नो नेतृत्वमा उम्मेदवारी दिन गईरहेको बताउनु भयो । उहाँले उम्मेदवारी घोषणा गर्दै आफू र आफ्नो समुह विजयी भएमा ११ बुदे प्राथमितकता पनि राख्नुभएको छ ।

यो समुहले पदाधिकारी सहित कार्यसमिति सदस्यको उम्मेदवार पनि घोषणा गरेको छ । यो समुहबाट कार्यसमिति सदस्यमा काशीराम पौडेल, दीपक चापागाई, जमुना पौडेल, लोकनाथ पाण्डे, जगन्नाथ न्यौपाने, नमकला वेलवासे, रामबहादुर भण्डारी, सुनिता बञ्जाडे, गणेश भट्टराई, दीपक घिमिरे, माधवप्रसाद भुसाल, कमला पन्थ, ज्ञानबहादुर पुन, दीप आचार्य, सवर मिया, इर्साद अली र नारायण रायमाझीको नाम घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?