धनगढीको मुख्य प्रशिक्षकमा राई

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा सुदूरपश्चिमको एक्लो फ्रेन्चाइज फुटबल टिम धनगढी एफसीले युगलकिशोर राईलाई मुख्य प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिएको छ । क्लबले शुक्रबार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा राईलाई नियुक्त गरेको जनाएको छ । एनएसएल-२०२१ मा भएको पहिलो एनएसएलमा पनि धनगढी एफसीमा राई प्रशिक्षक हुनुहुन्थ्यो ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले ‘मार्की खेलाडी’ मा राष्ट्रिय टोलीका मिडफिल्डर आशिष चौधरीलाई लिएको छ । धनगढी एनएसएलको पहिलो संस्करणको फाइनलसम्म पुगेको थियो । फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो ।

यस्तै, नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी आयुष घलानलाई पोखरा थन्डर्सले मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि उहाँलाई पोखराले सम्झौता गरेको हो । पहिलो संस्करणमा पनि उहाँले पोखराबाट नै खेल्नुभएको थियो । राष्ट्रिय टोलीका नियमित सदस्य आयुषले सन् २०२१ को मेमा इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालका लागि डेब्यु गर्नुभएको थियो ।

उहाँले नेपालका लागि १९ खेल खेलिसक्नुभएको छ । एनएसएलको दोस्रो संस्करण मंसिर ८ देखि काठमाडौंमा सुरु हुँदैछ । यस सिजनमा पहिलो संस्करणका ६ र ३ नयाँ गरी कुल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि धनगढीले आशिष चौधरी, बुटवलले एरिक विष्ट, एफसी चितवनले विशाल श्रेष्ठ, झापाले अञ्जन विष्ट, ललितपुर सिटीले अनन्त तामाङ र वीरगञ्ज युनाइटेडले दीपक कार्कीलाई मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…