एक लाखको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’को समय थप

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हेम सरिता पाठक फाउण्डेशनको आयोजनमा हुने एक लाख रकमको ‘भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता’को समय थप गरिएको छ । उत्कृष्ट शब्दलाई पुरस्कृत गरिने प्रतियोगिताको समय भदौ १५ गतेसम्म तोकिएकोमा यही मंसिर १५ सम्म थप समय तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले एक विज्ञप्ति जारी गर्दै जानकारी गराउनुभएको हो ।

अमेरिकामा बसोवास गर्दै आउनुभएका समाजसेवीद्वय हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गर्नुभएको हो । यसअघि पनि एक लाख रकमको ‘भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता’ घोषणा भइसकेको छ । फाउण्डेशनले पत्रकारिताका अलावा संगीत र साहित्यमा पुरस्कार प्रदान गर्दै आएको छ ।

यस्तै नेपालमा स्कुल सञ्चालन, विपन्नवर्गका लागि घर निर्माण र आयमूलक कार्यक्रमका लागि रकम अनुदान तथा अमेरिकामा गरिब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?