‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ पुस्तक लोकर्पण गरिएको छ । अग्रज कलाकारद्वय मानबहादुर दोङ, पूर्णप्रसाद हृयोजू र कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित ‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ पुस्तकको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले लोकर्पण गर्नुभएको हो ।

नक्सालस्थित प्रतिष्ठान परिसरमा एक कार्यक्रमबीच पुस्तक लोकर्पण गरिएको थियो । कार्यक्रममा कुलपति कर्माचार्यले पुस्तकमा गहन र महत्वपूर्ण विषय उठाइएको बताउनुभयो । उहाँले लेखक सम्बन्धित विधामा चिनिएका व्यक्तित्व रहेकाले पुस्तक निकै ज्ञानबद्र्धक र रोचक रहेको जिकिर गर्नुभयो ।

प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको उक्त पुस्तकमाथि चर्चा गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपाली कलाक्षेत्रमा महत्वपूर्ण कृतिका आएको बताउनुभयो । यस्तै प्रतिष्ठानका सदस्यसचिव विपिनकुमार घिमिरेले नेपाली कलाको अध्ययन अनुसन्धान गर्ने जोकोहीका लागि यो यो पुस्तक महत्वपूर्ण सन्दर्भ सामग्री हुने धारणा राख्नुभयो ।

कार्यक्रममा लेखक अग्रज कलाकार मानबहादुर दोङले नेपाली परम्परागत चित्रकलाको महत्व र त्यसको इतिहासका बारेमा चर्चा गर्नुभयोे । त्यस्तै कलालेखक तथा कलाकार देवेन्द्र थुम्केलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अध्ययन-अनुसन्धान र प्रकाशनको कार्यलाई पछिल्लो समयअगाडि बढाएको बताउँदै नेपाली परम्परागत तथा लोककलाले नेपालको पहिचान बचाउने धारणा राख्नुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै समालोचक तेजविलास अधिकारीले समीक्षक पुस्तक विमोचन हुनुभन्दा अगाडिको पाठक भएको बताउनुभयो । उहाँले सामान्यतः पुस्तकको पहिलो खण्डमा चित्रकलाको संक्षिप्तमा झलक आउने गरी लेखिएको सुनाउनुभयो ।

प्रतिष्ठानका परम्परागत शिल्पकला विभाग प्रमुख प्राज्ञ बुद्धि गुरुङले परम्परागत कलाकृति र विधिलाई पुस्तकका रूपमा प्रकाशन गरिएको बताउनुभयो । उहाँले पुस्तकले कला सिक्ने चाहना भएका विद्यार्थी र कला शिक्षकलाई एकदमै सहज बनाउने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?