अष्टांग आयुर्वेद हस्पिटल नवौँ वर्षमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंको कलंकी र कोटेश्वरमा रहेको अष्टांग आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा र रोगी व्यक्तिको रोगको निवारण गर्ने मूल उद्देश्यका साथ स्थापना भएको अस्पताल आयुर्वेद क्षेत्रमा २५ वर्ष सेवा गरिसकेको व्यक्तिद्वारा सञ्चालन भइरहेको छ । हालसम्म हस्पिटलले दुई लाख ५० हजारभन्दा बढीलाई सेवा प्रदान गरिसकेको जनाएको छ ।

हस्पिटलले देशैभरि सेवा विस्तार गर्दै जाने लक्ष्य लिएको छ । हस्पिटलले आयुर्वेद उत्पादक कम्पनी प्रोग्रेसिभ हर्बल उद्योग, उत्पादन, बिक्रीवितरण गर्ने प्रोग्रेसिभ इन्टरनेशनल प्रालि र औषधि बिक्रेता कम्पनी सुखायु आयुर्वेदिक फार्मेसी गरी दुई भ्रातृ संस्था सञ्चालन गर्दै आएको छ । सबै कम्पनी गरी अष्टांगले एक सय २५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको जनाएको छ । आयुर्वेद क्षेत्रमा छुट्टै पहिचान कमाएको अष्टांगमा विशेषगरी एलोपेथिक र प्राकृतिक उपचार पद्धतिबाट सम्भव नभएर थाकेका निराश रोगी आउने गरेको हस्पिटलका प्रबन्ध सञ्चालक हृदयनारायण चौधरीले बताउनुभयो ।

आयुर्वेद पद्धतिबाट रोगको उपचार गरिने हस्पिटलमा आयुर्वेदद्वारा गरिने सम्पूर्ण उपचारसँगै ल्याब, इसिजी, एक्सरे, भिडियो एक्सरे, पञ्चकर्म(स्नेहन, स्वेधन, शिरोधारा, स्टिम, बस्तीकर्म, बमन, वीरेचन), अग्निकर्म, अकुपञ्चर, अकुप्रेसर, फिजियोथेरापीलगायतका सेवाका साथै योगाहल, थेरापी हललगायतका सुविधा पनि रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?