आठ मुद्दाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै आठ मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुस/रिसवत र शैक्षिक प्रमाणपत्र नक्कलीसम्बन्धी आठवटा मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

रामविश्वास राय यादव, कुमार यादव, धनबहादुर तामाङ, रामान्द चौधरी, कुमारी साउद, लालु गिरी, देवजंग शाही, सिकन्दर प्रसाद कानु र प्राडा. राजकुमार रौनियार र रामहरि रौनियारको मुद्दामा पुनरावेदन गरेको अख्तियारले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?