मिसेस नेपाल वल्र्ड-२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विवाहित महिलाहरूबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड-२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्वारा राजधानीको नयाँबानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहबीच मिसेस नेपाल वल्र्ड-२०२३ टप २३ सार्वजनिक गरिएको हो ।

समारोहमा उत्कृष्ट २३ लाई कन्टेष्टेण्ट ट्याग नम्बरसमेत प्रदान गरिएको छ । प्रतियोगिताको अन्तिम स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुस्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मंगली सिलवाल र सरु आरएल राणा सहभागी हुनुहुन्छ । प्रतिस्पर्धीहरूले आफ्नो परिचय दिँदै प्रतियोगितामा भाग लिनुको उद्देश्यबारे प्रष्ट पारेका थिए ।

प्रतिस्पर्धीले विभिन्न चरण पार गर्दै आगामी कात्तिक २ गते राजधानीमा सम्पन्न हुने प्रतियोगिताको अन्तिम स्पर्धामा ताजका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्तिम प्रतिस्पर्धामा कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गर्नुहुनेछ ।

अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस नेपाल वल्र्ड-२०२३ का अन्य सवटाइटल विजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराउनुभयो । मिसेस नेपाल वल्र्ड-२०२३ का विजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड-२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नु भएको हो ।

मिसेस नेपाल वल्र्ड-२०२३ को विजेताले भने आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड-२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नु हुनेछ । अन्तिम प्रतिस्पर्धाको समारोहमा मिसेस वल्र्ड-२०२२ कि विजेता सरगम कैशल पनि सहभागी हुनुहुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?