क्लासिक टेकको दशैँ अफर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैँ अफर ल्याएको छ । अफरअन्तर्गत क्लासिक टेकमा आबद्ध हुन चाहने नयाँ ग्राहकले दुई सय एमबिपिएस इन्टरनेट नौ सय सात रुपैयाँमा खरिद गर्न सक्नेछन् भने तीन सय एमबिपिएस इन्टरनेट एक हजार एक सय ७७ रुपैयाँमा खरिद गर्न सक्नेछन् । अफरअन्तर्गत जिटिईको पाँच जिएचजेट राउटर र स्मार्ट सेटटप बक्स निःशुल्क पाउन सकिनेछ ।

सेकेण्डरी राउटर जडान गर्न चाहने ग्राहकका लागि कम्पनीले हालसम्मकै सबैभन्दा सस्तो मूल्यमा सेकेण्डरी राउटर प्रदान गर्ने जनाएको छ । कम्पनीले पुराना ग्राहकका लागि समेत विशेष अफर ल्याएको छ । जसअन्तर्गत दुई सय ५० एमबिपिएसको वार्षिक नवीकरणमा पाँच सय एमबिपिएस इन्टरनेट स्पिड पाउन सक्नेछन् भने १२ महिनाको रिचार्ज गर्दा थप एक महिना इन्टरनेट निःशुल्क चलाउन सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?