सिजी इलेक्ट्रोनिक्सका डिलरको दुबई भ्रमण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले आफ्ना प्रमुख डिलरलाई दुबई भ्रमण गराएको छ । पाँचदिने भ्रमणमा नेपालका प्रमुख डिलरको सहभागिता रहेको कम्पनीले जनाएको छ । पोखराका न्यु साउण्ड एण्ड भिजनका प्रोप्राइटर मनोहर श्रेष्ठले सिजी इलेक्ट्रोनिक्सप्रति आभार व्यक्त गर्दै यस्ता भ्रमणले डिलरहरूको मनोबल उच्च हुने तथा आगामी दिनमा कम्पनीले यस्ता भ्रमणहरू निरन्तर गरिरहने बताउनुभयो ।

हरेक वर्ष नेपालभरिका डिलरलाई मनोरञ्जन प्रदान गर्नुका साथै ब्राण्ड प्रवद्र्धनका लागि प्रोत्साहित गर्न विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । सोही परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ डिलरलाई दुबई भ्रमणमा लगेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?