यस्तो छ–आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ १५ पैसा र बिक्री दर १४० रुपैयाँ ७९ पैसा कायम भएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७३ पैसा र बिक्री दर १६२ रुपैयाँ ४६ पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ र बिक्री दर ८५.६९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसामा कारोबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसाले भाउँ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८० पैसा र बिक्री दर ९ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँमा खरिदबिक्रीको अनुमति दिएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.०३ पैसा विक्रीदर ४३०.९७ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?