१४ बर्षमा १६ बच्चा जन्मे, थप चार जन्माउने योजना

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । १४ बर्षमा लगातार १६ बच्चा जन्माउने कुरा आफैँमा आश्चर्यजनक र रोचक छ । अमेरिकाकी एक महिलाले विहे भएको १७ बर्षमा १६ वटा बच्चा जन्माइसकेकी छिन् । उनी पुनः सत्रौँ बच्चाकी आमा बन्नेवाला छिन् । उनको गर्भमा रहेको बच्चाको जन्म आगामी मार्चमा हुने अपेक्षा गरिएको छ । आफ्नो जीवनकालमा २० वटा बच्चा जन्माउने ती महिलाको इच्छा छ ।

टाइम्स नाओ न्युजको रिपोर्ट अनुसार ती महिलाको नाम पेटी हर्नान्डिज हो । पेटीले आफ्नो पति कार्लोसलाई सम्मान व्यक्त गर्नका लागि आफ्ना सबै बच्चाको नाम सी अक्षरबाट राखेकी छिन् । पति कार्लोसले बच्चा र घरको राम्रोसँग हेरविचार गर्ने गरेको उनी बताउँछन् । उक्त दम्पत्तिले एक सरसफाई कम्पनी चलाइरहेका छन् ।

अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने ४० वर्षकी हर्नान्डिज पछिल्लो १४ वर्षदेखि लगातार गर्भवती बन्दै आएकी छिन् । त्यसमध्ये ३ जोडी जुम्ल्याहा हुन् । उनका पति कार्लोसको उमेर ३९ वर्ष छ । १० बालिका र ६ बालकको अभिभावक भइसकेका पेटी र कार्लोस दम्पत्ति धेरैभन्दा धेरै बच्चा जन्माउन चाहन्छन् ।

पेटीले आफूहरुलाई परिवार नियोजनमा विश्वास नभएको बताएकी छन् । उनीहरुको घरमा ५ वटा सुत्ने कोठा र एउटा भान्सा छ, जहाँ उनका १६ बच्चाहरु खेल्दै हुर्किरहेका छन् । एजेन्सीबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?