सम्पदा र संस्कृतिको धनी मुलुकका रूपमा परिचित नेपालमा महिलाहरूद्वारा स्थापना गरिएका सम्पदाहरूको खोजी तथा संरक्षण गर्नु महत्वपूर्ण कार्य देखिन्छ । यही क्रममा पशुपति सूर्यघाटस्थित लिच्छविकालका राजा मानदेवकी छोरीले स्थापना गरिएको प्राचीन विजेश्वरी शिवलिंग महत्वपूर्ण सम्पदा रहको छ । राजा महाराजाहरूद्वारा स्थापना गरिएको मन्दिर, सम्पदाहरूका माझमा महिलाद्वारा यस्ता सम्पदा स्थापना हुनु आफैंमा महत्वपूर्ण कुरा हो । नेपालमा प्राप्त प्राचीन अभिलेखहरू लिच्छविकालबाटै प्रारम्भ भएको पाइनुले पनि पशुपति सूूर्यघाटमा विजयावतीद्वारा निर्माण गरिएको सम्वत् ४२७ विसं ५६३ को शिवलिंग ऐतिहासिक महत्वको रहेको छ । संस्कृत भाषामा लेखिएको अभिलेख धनबज्र बज्राचार्यले अभिलेख संग्रहमा अनुवादसहित छपाउनु भएको छ । ६ अनुच्छेदमा लेखिएको अभिलेखको पहिलो अनुच्छेदको संस्कृत मूलसहित अन्यको नेपाली अनुवाद यस प्रकार रहेको छ :
यस्यच्छया जगदिदम्पृथु विश्वरूपम्
सग्गास्थितिव्ययजराव्यसनादियोगैः
संयुज्यते वत तथा प्रतिमुच्यते च
तस्मै नमः सततमस्तु महेश्वराय ।।१।।
जसको इच्छाले यो सम्पूर्ण विशाल संसारको सृष्टि, स्थिति, प्रलय, बुढ्याईं, दुःख आदि हुन्छन् तथा छुट्छन् ती महेश्वरलाई सधैं नमस्कार छ । सधैं (बुढेसकालमा पनि) सोझो
(नकुप्रिएको) शरीर हुँदा अंगढंग मिलेका, यश बुद्धि पराक्रम ऐश्वर्य यी सबै थोक भएका, शत्रुहरूलाई नष्ट पारेका राजा मानदेव हुनुहुन्थ्यो । उहाँका दुनियाँहरू उहाँमा रत्तिएका सुखी र सच्चरित्र हुन । उहाँकी (मानदेवकी) असल गुणरूपी रत्नका खानी भएकी, प्राणीमा दया गर्ने विनयले युक्त भएकी, वीणाको आवाज यस्तै मधुर स्वर र राम्रो बोली बचन भएकी, श्री योगिनी भनिकन प्रख्यात भएकी देवी (बडामहारानी) हुनुहुन्थ्यो ।
सफाइको नाउँमा पहिरो जाने डाँडोबाट बोटबिरुवा फाँड्नाले उजाड बन्नुको साथै पहिरो गएर बाटो नै बन्द गर्नुपरेको स्थिति छ । स्थानीयले जनसमुदायको परिचालनबाटै सम्पदाहरूको संरक्षण हुने बुझ्दा बुझ्दै पनि उपेक्षा र अपमान गर्ने परिपाटीलाई आमजनसमुदायले विश्लेषण गरिरहेका छन् ।
लिच्छवीकालमा जन्मेका उहाँले मानदेवले उहाँमा (श्री भोगिनीमा) चन्द्रमाले शरदकालको सफा रातमा जुनलाई झैँ तेजिलो आपूm सुहाउँदा अनेक असल गुणहरू भएकी छोरी विजयावतीलाई जन्माउनुभयो । उहाँ राजकुमारी विजयावती किसिम किसिमका कलामा सिपालु हुनाले प्रख्यात हुनुहुन्छ । महादेवमा जस्तै आप्mना पति देवलमा उहाँको भक्ति छ तथा उहाँलाई प्रसन्न पार्न उहाँ जान्नु हुन्छ । त्यसकारण ठूलो प्रसाद (मनको सफाइ) रूपी पानीले मनको कलंक पखालेकी, धर्म-कर्म गर्ने काममा मात्र चाख लिने भएकी, उहाँले (विजयवतीले) मोक्ष होस् भन्नाका लागि राम्रो विजयश्वर लिंग यहाँ स्थापना गर्नुभयो ।
सम्बत् ४२७ आषाढ शुक्लप्रतिपदा लेखिएको अभिलेख अध्ययन गर्दा धेरै महत्वपूर्ण तथ्यहरू देखापरेछन्, स्तुतिका उचित शब्दहरू, परिचयका उत्तम उक्तिहरू इतिहासको क्रमिकता तथा मोक्ष प्राप्तिको कामनासहितका उद्गारहरू शिक्षाप्रद तथा स्तरीय रहेका हुन् । नारी शिक्षा, ज्ञान तथा साहसको पनि परिचय पाउँन सकिन्छ । पवित्र पशुपतिनाथको उत्तर पूर्वी कोणमा निर्माण गर्नु पनि दिशाज्ञानको महत्व बुझेको विश्लेषण गर्न सकिन्छ । बागमती नदीको किनारमा रहेको सुन्दर स्थान, नदीपारि रहेको सूर्यघाट, डाँडामा रहेको गोपालनन्देश्वर मन्दिर, छेउमै रहेको भगवती गुफा, सिद्ध गुफाहरूका कारण त्यस क्षेत्रको आध्यात्मिक महत्व उच्च रहेको देखिन्छ ।
सिद्धलामा परम्पराका सिद्धगुरु तिलोपा र नारोपाको साधनास्थल पनि रहेकोले परम्पराका विश्वका अनुयायीहरूको तीर्थस्थल पनि रहेकोले हिन्दू, बौद्ध परम्पराको साझा स्थलका रूपमा प्रसिद्ध हुने स्थिति छ । यस्तो महत्वपूर्ण स्थलका रूपमा प्रसिद्ध हुन सक्ने स्थानलाई लामागुरुहरूभन्दा पहिले नै महत्व दिनाले राजकुमारीको दूरदर्शीता पनि झल्कन्छ । त्यही स्थलका ढुंगाका पहराहरूमा बनेका प्राकृतिक गुफाहरूमा साधकहरूद्वारा आस्था अनुरूप शिवलिंगहरूको स्थापना गरी पूजा आरधना गर्दै आएको पाइन्छ । सिद्धगुफाको माथि रहेको साँघुरो स्थलमा जोगी, सन्यासीहरूद्वारा धुनी जगाएर शिव र सूर्यको शक्तिलाई जीवन्त बनाइरहेको पाइन्छ ।
सामान्य दृष्टिकोणबाट हेर्दा बैरागीहरूको शरणस्थल झैँ देखिए तापनि धुनीको शक्ति, सिद्धगुफा, नारोपातिलोपाको शक्ति तथा भगवती गुफामा प्रज्वलित अखण्ड बत्तीले निर्माण गरेको सकारात्मक प्रभाव ध्यान दिँदा अनुभव गर्न सकिन्छ, मुलुकमा द्वन्द्व रूपान्तरण र मेलमिलापको वातावरण बनाउन प्रत्येक आइतबार र पूर्णिमाका दिन सम्पन्न गरिएको स्वराज्य मेलमिलाप हवन यज्ञले सकारात्मक परिणाम ल्याएको अनुभव म आफैंलाई रहेको छ । आजपर्यन्त प्रत्येक आइतबारका दिन रामायण भजन हुनाका साथै भैरवसेवा त्यहाँ रहेका साधु र भक्तजनहरूले गर्दै आइरहनुभएको छ ।
उन्नाइस वर्षदेखि हरेक पुस महिनाको अन्तिम आइतबार रामायण भजनको वार्षिकी महोत्सवको आयोजना हुने गरेको छ । काठमाडौं उपत्यकाका सबैजसो रामायण भजनमण्डल सूर्यघाटमा आयोजना हुने वार्षिक रामायण भजनमा सहभागी हुने गर्दछन् ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको भए तापनि यस स्थलप्रतिको कोषको उपेक्षाले यस स्थानको संरक्षण र विकास हुन नसकेको त्यहाँको निरीक्षण भ्रमण गर्दा सहजै बुुझ्न सकिन्छ । सुरक्षाविहीन रहेका ऐतिहासिक सम्पदामाथि खेल्न घुम्न आउने केटाकेटीहरू बस्ने उफ्रने गर्नाले सम्पदाको संरक्षणमा चुनौती बनिरहेको छ । हरेक आइतबार आयोजना हुने रामायण भजन स्थल साँँगुरो हुनाका साथै डाँडाबाट ढुंगा झर्ने हुँदा अस्थायी छानाहरू चुनौतीका रूपमा रहेका हुन् । सामान्य आर्थिक अवस्था रहेका स्थानीय भक्तजनहरूको आर्थिक सहयोगमा सम्पन्न हुने रामायण भजन कुकुरहरूको भोजन (भैरवसेवा) अखण्ड बत्ती तथा स्वयंसेवकलाई खाने व्यवस्थाका लागि आर्थिक अभाव भइरहन्छ ।
पवित्र पशुपतिनाथको उत्तरपूर्वी कोणमा यसको निर्माण गर्नु पनि दिशाज्ञानको महत्व बुझेको विश्लेषण गर्न सकिन्छ । बागमती नदीको किनारमा रहेको सुन्दर स्थान, नदीपारि रहेको सूर्यघाट, डाँडामा रहेको गोपालनन्देश्वर मन्दिर, छेउमै रहेको भगवती गुफा, सिद्ध गुफाहरूका कारण त्यस क्षेत्रको आध्यात्मिक महत्व उच्च रहेको देखिन्छ ।
धेरै भक्तजनहरूको आवतजावत नहुने कुना परेको उक्त सूर्यघाट क्षेत्रलाई सुरक्षित तथा आकर्षित बनाउनेभन्दा पनि आतंकित पार्ने पशुपति क्षेत्र विकास कोषको व्यवहार सोचनीय रहेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको प्रकोपका कारण नियमित जमघटमा हुने रामायण भजन स्थल खुला स्थानमा निर्माण गरी भजन गर्दै आएकोमा एक्कासि भत्काएको घटनाले सुझबुझ र गैरजिम्मेवारी स्पष्ट देख्न सकिन्छ । गुफा बाहिर भीरमा रहेको शिवलिङ्गसमेतको संरक्षण गरी सुन्दर बनाएको टहरालाई भत्काउने प्रयासले निर्माण गर्नुपर्ने दायित्वबाट पन्छिएको बुझ्न गाह«ो पर्दैन ।
सफाइको नाउँमा पहिरो जाने डाँडोबाट बोटबिरुवा फाँड्नाले उजाड बन्नुको साथै पहिरो गएर बाटो नै बन्द गर्नुपरेको स्थिति छ । स्थानीयले जनसमुदायको परिचालनबाटै सम्पदाहरूको संरक्षण हुने बुझ्दा बुझ्दै पनि उपेक्षा र अपमान गर्ने परिपाटीलाई आमजनसमुदायले विश्लेषण गरिरहेका छन् । विश्वका सम्पूर्ण हिन्दुहरूको आस्था स्थल पशुपतिनाथ क्षेत्रको दुर्दशालाई यथावत राखेर धार्मिक परिसरको वृद्धि कसरी होला राजनीतिक भागबण्डाको आधारमा कोषमा हुने नियुक्तिका कारण हुनेगरेका अपचलन काण्डहरूबाट धार्मिक क्षेत्रलाई मुक्त गर्न सरकार, धार्मिक क्षेत्र र नागरिक समाज अगाडि आउनु पर्दछ । पशुपतिक्षेत्रको समग्र विकास, सम्पदा संरक्षक तथा मात्रीशक्तिहरूको महत्व बढाउने आधारहरूको खोजीका साथै विश्वको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न निम्न कार्यक्रम र कार्ययोजना सञ्चालनमा ल्याइनुपर्नेछ ।
१. व्यावहारिक गुरुयोजना तयार गरी त्यही अनुरूपको निर्माण कार्यहरू गरी जथाभावी भइरहेको निर्माणकार्य रोकिनुपर्छ । सम्पदा स्थलको मापदण्ड अनुरूप सुन्दर बनाइनुपर्छ ।
२. पशुपतिनाथ र विश्व व्यवस्थाको अवधारणा अनुरूप अन्तर्राष्ट्रिय प्रभाव बढाउने गरी कार्य प्रारम्भ गरिनुपर्छ । पर्यटन प्रबद्र्धनका उद्देश्य अनुरूप परराष्ट्र मन्त्रालय, गैरआवासीय नेपाली संघ, अवैतनिक दूतहरूका माध्यमले समन्वय गर्दै प्रभाव स्थापित गर्ने ।
३. नेपालभित्रै रहेका द्विराष्ट्रिय चेम्बर अफ कमर्स तथा अवैतनिक दूतहरूसँगको सञ्जालमार्पmत पर्यटन प्रबद्र्धन तथा पशुपतिनाथको प्रभाव विश्वभर बढाउने ।
४. तिथि पर्वका आधारमा पशुपतिनाथ तथा यसक्षेत्रका सबै देवताहरूको महोत्सवको आयोजना गर्दैै नयाँ प्याकेज अभ्यासम ल्याउने ।
५. सूर्यपाञ्चायनको पूजन प्याकेज सूर्यघाटमा नियमित रूपमा सञ्चालनमा ल्याउने ।
६.गुहृेश्वरी, बासलेश्वरी, राजराजेश्वरी, भुवनेश्वरी, गौरीघाट, अष्टमात्रिका, जयबागेश्वरी लगायतका देवी शक्तिपीठहरूको प्रमुखताका साथ संरक्षण र विकास गर्दै महिला सशक्तीकरणको आदर्शका रूपमा स्थापित गराउने ।
७. पशुपतिनाथ : दर्शन तथा पूजनलाई स्थानीय गाइडहरूमार्फत अभ्यासमा ल्याउने ।
८. ठूलो जनसंख्यामा रहेका भारतीय हिन्दू पर्यटकहरूका लागि विभिन्न पूजाको प्याकेज अभ्यासमा ल्याउने ।
९.सौम्यशक्ति (सफ्ट पावर) का रूपमा पशुपतिनाथको महत्वलाई उपयोग गर्दै नेपालको शक्ति र गौरव बढाउन प्रयास गर्ने ।
महिला तथा सामाजिक मामिला समिति, प्रतिनिधिसभाका सभापति माननीय किरणकुमार शाहले महिलाद्वारा निर्माण गरिएको सूर्यघाटमा स्थित विजेश्वर शिवलिंग क्षेत्रको अनुगमन भ्रमण गर्नाले त्यसक्षेत्रका बारे संघीय संसद्लाई पनि जानकारी हुनेछ भन्नुभएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिसँग समन्वय गर्दै नारी शक्तिद्वारा धर्म संस्कृतिको सम्बद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै धार्मिक पर्यटनको अभिवृद्धि गर्न महिला तथा सामाजिक मामिला समितिको प्रयास अनुकरणीय बन्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच