ग्रामिण भेगका महिलामा पाठेघर खस्‍ने समस्या बढी

स्वास्थ्य जाँचकाे लागि शिविरमा उपस्थित महिलाहरु । तस्बिरः सरोज निरौला/हिटा

हिमालय टाइम्स
Read Time = 5 mins

-सरोज निरौला

उदयपुर । उदयपुरका ग्रामिण भेगका अधिकांस महिलामा पाठेघर खस्‍ने समस्या देखिएको छ । पोषणयुक्त खानाको कमी, नियमित स्वास्थ्य जाँच तथा उपचार नगर्नुका साथै स्वास्थ्य अनुशासनसम्बन्धी चेतनाको कमीले पाठेघर खस्‍ने समस्या गाउँका महिलामा बढी रहेको पाइएको छ ।

वर्ल्ड नेवर्स, त्रियुगा नगरपालिका स्वास्थ्य शाखा, वडानं १५ को कार्यालय, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको सहयोग तथा समन्वयमा हुरेण्डेक उदयपुरले खाँबुमा आयोजना गरेको शिविरमा यस्तो समस्या देखिएको हो ।

सदरमुकाम त्रियुगाको विकट क्षेत्र १५ वडा खाँबुमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण गराउने दुई सय महिलामध्ये अधिकांसमा पाठेघर खस्ने समस्या देखिएको छ।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका १८४ जना मध्ये धेरै जना महिला पाठेघर खस्ने समस्या देखिएको शिविरमा खटिएका जिल्ला अस्पताल उदयपुरका प्रसुतिरोग विशेषज्ञ डाक्टर मुकेश झाले बताउनुभयाे । उहाँका अनुसार २५ बर्षदेखि ६५ बर्ष उमेर समुहका महिलामा यो समस्या देखिएको छ ।

‘महिला स्वास्थ्य सेवा लिन आएका १७१ जना मध्ये धेरैको पाठेघर खस्ने समस्या देखिएको छ, उहाँले भन्नुभयाे, ‘त्यसमध्ये जटिल प्रकृतिका पाँच जनाको तत्काल अप्रशेन गर्नु पर्ने देखिएको छ । बाँकी केहिलाई रिङ्ग प्रेशरी राखिएको र सफा गरेर घर पठाइएको डाक्टर झाले बताउनुभयाे । केहिको पाठेघरको मुखमा मासु पलाएकाहरुको अप्रेशनका लागि अस्पतालमा झिकाइएको उहाँले बताउनुभयाे ।

शिविरमा महिलाको पाठेघरकाे मुखमा हुन सक्ने सम्भाबित क्यान्सर भिआइए बिधिद्वारा गरिएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको डाक्टर झाले बताउनुभयाे ।

डा. झाका अनुसार ३० देखि ६० वर्षसम्मका महिलाको पाठेघरको मुखमा प्रायः क्यान्सर हुने गरेको पाइएको छ। विशेषगरी कलिलो उमेरमा यौन सम्पर्क गर्ने, धेरैजनासँग यौन सम्पर्क गर्ने, धुमपान, सुर्तीजन्य पदार्थ सेवन र मद्यपान गर्ने तथा रोग प्रतिरोधी क्षमता कम भएका महिलामा क्यान्सरको खतरा हुने उहाँले बताउनुभयाे ।

पाठेघर र मानसिक रोगी बिरामीलाई विशेष लक्षित गरी सञ्चालन गरिएको भए पनि शिविरमा अन्य रोगका बिरामीको पनि स्वास्थ्य परीक्षण गरिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताउनुभयाे । जसमा जेष्ठ नागरिकलाई हाडजोर्नी, ग्याष्टिक, दाग, पेट, टाउको, ढाड दुख्ने तथा अन्य उमेर समूह र बालबालिकामा घाउ खटिरालगायत समस्या देखिएको उहाँकाे भनाइ छ ।

बच्चादानी खसेका महिलाको निःशूल्क अप्रेसनका लागि वर्ल्ड नेवर्सको सहयोगमा हुरेण्डेकद्वारा सञ्चालित ‘नेपाल एकीकृत ग्रामिण विकास परियोजना’मार्फत सहयोग उपलब्ध गराइने कार्यक्रम संयोजक बिनु सुबेदीले बताउनुभयाे । उहाँका अनुसार महिलाहरुको मुख्य समस्या रहेको पाठेघरको समयमै उपचार गर्न नसके क्यान्सर जस्तो प्राणघातक रोग लागेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने जोखिम हुने भएकाले शिविर सञ्चालन गरिएको हो ।

शिविरमा त्रियुगा नगर प्रमुख वसन्तकुमार बस्नेतले गाउँघरका महिलालाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन पहाडी वडामा शिविर सञ्चालन गरिएको बताउनुभयाे । उहाँले दुरदराजका जनताको स्वास्थ्यमा पहुँच पुर्‍याउन यस्ता शिविर अन्य वडामा पनि चलाउने प्रतिबद्धता जनाउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?