राष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे अहिले बालुवाटारमा छलफल हुने भएको छ ।

छलफलकै लागि एमाले अध्यक्ष ओली संसद बैठकबाट बाहिरिनु भएको छ । संसद भवनबाट बाहिरिँदै गर्दा एमाले अध्यक्ष ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ। अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

ष्ट्रपति निर्वाचनको उम्मेदवारबारे आज विहान कांग्रेससहितका तीन दलसँग प्रधानमन्त्री प्रचण्डले तीन घण्टा लामाे छलफल गर्नुभएको थियो । बैठक पाँच बजे पुन: बस्ने तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?