एसियाड क्रिकेटः नेपाल र भारत बिचमा प्रतिस्पर्धा हुदैँ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज नेपाल र भारतबिच क्रिकेट प्रतिस्पर्धा हुदैँछ । चीनमा जारी १९ औं एसियाली खेलकुदमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुनेछ । नेपाली समय अनुसार बिहान ६ः४५ बजेवाट सो खेल सुरु हुनेछ । एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको थियो । कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको ‘लक्की ड्र’ निकाल्दा भारतको चिट निकालेका थिए । जसअनुसार आज नेपाल भारत बिच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?