सुदूपश्चिममा आधा घण्टाको फरकमा दुई भूकम्प, बिजुलीलगायत इन्टरनेट विच्छेत, पहिरोले सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम क्षेत्रमा आज दिउँसो दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो । फेरि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

सो भुकम्पको झट्का भारतको राजधानी नयाँदिल्लीमा पनि महसुस गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भूकम्पले बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ ।

दुर्गाथलि गाउँपालिका–२ स्थित महालिङ्ग आधारभुत विद्यालयको भवन भत्केको खबर छ । मानविय क्षतिको भएको जानकारीमा आएको छैन ।

समाचार अनुसार त्यहाँ इन्टरनेट र विजुलीसमेत विच्छेत भएको छ भने ठाउँ ठाउँमा गएको पहिरोका कारण सडक समेत अवरुद्ध भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

बिस्तृत बिवरण आउन बाँकी छ ।

 

तस्वीर: नरेन्द्र उपाध्यायको फेसबुकबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?