सुदुरपश्चिममा गएको भुकम्प प्रति पुर्वराजाद्वारा चिन्ता ब्यक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ‌ं ।  पुर्व राजा ज्ञानेन्द्र शाहले सुदुरपश्चिम प्रदेशमा हिजो गएको भुकम्प प्रति चिन्ता ब्यक्त गर्नुभएकाे छ ।

बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भुकम्पका कारण सुदुरपश्चिम क्षेत्रका बिभिन्न जिल्लामा ठुलो क्षती पुगेको र जनसाधारण त्रासदीमा परेको खबर सुन्दा गहिरो दुःख लागेका पुर्व राजा शाहले जनाउनुभएएकाे छ ।

‘ठुलो भुकम्प पछि उत्पन्न पराकम्पको क्रम चलिरहेको यो अवस्थामा त्यहाँ पुर्ण सर्तकता आवाश्यक रहेको हाम्रो धारणा छ,’ पुर्व राजाको सम्बाद सचिवालयले भनेको छ । सचिवालयका अनुसार भुकम्पवाट घाइतेहरुको शिघ्र उपचार तथा क्षतिवाट प्रभावित घर परिवारको राहात निमार्णतर्फ तत्काल सबन्धित सबैको ध्यान पुगोस भन्ने पुर्व राजाले आग्रह गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?