भोजपुर सिलिचुङ खानेपानी उपभोक्ता समितिको नेतृत्वका लागि निर्वाचन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरको खानेपानी ब्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वका लागि निर्वाचन हुने भएको छ । आगामी असोज १९ गते हुने निर्वाचनमा नेतृत्वका लागि चुनावी प्रतिष्पर्धा हुने भएको हो ।

निर्वाचनका लागि बुधवार दुवै पक्षले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको बिद्यान २०५७ (संसोधन सहित) को दफा १२ (१) बमोजिम मुल कार्य समिति गठन प्रक्रियाका लागि निर्वाचन हुन लागेको निर्वाचन समितिका संयोजक भीषण श्रेष्ठले बताउनुभयो ।

नौ जना पदाधिकारीका लागि हुने निर्वाचनमा सवै पदमा दुई समूहबाट नै मनोनयन दर्ता भएको छ । जस अन्तर्गत अध्यक्षका उम्मेदवार तुफान किराँतको समूहबाट उपाध्यक्षमा लिलामाया तामाङ, सचिव सुदीप कार्की, कोषाध्यक्ष कृष्णमाया तामाङ, खुल्ला सदस्यमा नारायणबहादुर कार्की, डम्बर कुमार श्रेष्ठ, महिला सदस्य लक्ष्मी कुमारी खत्री, जनजाति सदस्य कल्पना देवी तामाङ र दलित सदस्यमा देवी सुन्दासको मनोनयन दर्ता भएको छ ।

यसैगरी अध्यक्षका उम्मेदवार राजकुमार श्रेष्ठको तर्फबाट उपाध्यक्षमा निर्मला राई, सचिव घमचन्द्र दाहाल, कोषाध्यक्ष कृष्ण कुमारी बिश्वकर्मा, खुल्ला सदस्यमा चित्रबहादुर प्रधान, रमन राई, महिला सदस्य सुशिला तामाङ, जनजाति सदस्य दीपबहादुर श्रेष्ठ र दलित सदस्यमा दुर्गा रणपहेलीले मनोनयन दर्ता गराउनु भएको छ ।

मनोनयन दर्ता गराउने उम्मेदवारहरु माथिको दावी बिरोध बिहिवार हुने र सो पश्चात अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
भोजपुरमा तीन भंगाले खानेपानी आयोजना अन्तर्गत अहिले खानेपानी सेवा संचालन भईरहेको छ । भोजपुर नगरपालिकाको वडा नम्वर ५, ६, ७, ८, ९ र १२ गरी छ वटा वडाका दुई हजार दुई सय घरधुरीले सिलिचुङबाट बितरित पानी उपयोग गर्दे आई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?