रियलमीको सी ५१ र सी ५३ स्मार्टफोन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले दुर्ई नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । रियलमी सी ५१ र रियलमी सी ५३ बजारमा ल्याएको हो । सो अवसरमा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भन्नुभयो, ‘रियलमीमा हामी ग्राहकको जीवनशैलीसँग मेल खाने नवीनतम प्रविधियुक्त स्मार्टफोन बजारमा ल्याउन प्रतिबद्ध छौँ । रियलमी सी ५१ र सी ५३ ले हाम्रो यही प्रतिबद्धतालाई मूर्त रूप दिएको छ ।’

कम्पनीका अनुसार ५० मेगापिक्सेल एआई क्यामेराका साथै ५० मेगापिक्सेल एआई क्यामेरा रहेको रियलमी सी ५१ मा १२८ जिबीको स्टोरेज रहेको छ । त्यस्तै, १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरासहितको रियलमी सी ५३ मा १२ जिबीसम्मको डायनामिक र्‍याम रहेको छ । रियलमी सी ५१ जिबी ६४ जिबी भेरियन्टको मूल्य १५ हजार नौ सय ९९ र रियलमी सी ५३ चार जिबी १२८ जिबी भेरियन्टको १७ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?