गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको सत्र घण्टापछि विहिबार विहान उद्धार गरिएको हो ।

व्यथा लागेर थला परेपछि अदानचुली गाउँपालिका-४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)को हेलिकप्टरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको सोही गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हंस बहादुर महताराले बताउनुभयो । आमा र बच्चाको ज्यान बचाउन विभिन्न निकायमा पहल गरि आज विहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा नौ महिनाको बच्चा रहेको र यहि महिनाको २० गते सुत्केरी हुने स्वास्थ्य संस्थाले मिती तोकेको थियो ।

व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी पाण्डेलाई सुत्केरी व्यथाको जटिलता (ब्रिज प्रिजेन्टेसन) भएको हुँदा बुधबार नै रिफर गरिएको भएपनि ढिला भएको कारण विहिबार विहान प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको स्वास्थ्य संयोजक महताराले बताउनुभयो । गर्भवती आमालाई श्रीनगर स्वास्थ्यचौकीमा सुत्केरी गर्न नसकिने भएको हुँदा उद्धारको पहल गरि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको उहाँले बताउनुभयो ।

बुधबार व्यथाले थलिएकी पाण्डेलाई प्रदेश अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । पाण्डेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको र सुत्केरी उद्दार गरेको हेलिकोप्टर खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट ब्यहोरिने भएको छ । भने दुर्गमका महिलाको उद्धारका लागि राष्ट्रपति महिला उद्धार कार्यक्रमले निःशुल्क उद्धार गर्नुका साथै राहत हुँदै आएको छ । हिमाली जिल्ला हुम्ला सहित दुर्गम जिल्लाका सुत्केरी व्यथा लागेर थला परेका गर्भवतीको उद्धारका लागि हवाई उद्धार प्रभावकारी बन्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?