कृषि सुधार्न किसानसँग सांसदको बहस पैरवी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाली कृषिको भविष्य : सम्भावना तथा चुनौती विषयक सांसदसँग अन्तरक्रिया आयोजना गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा संघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका १२ सदस्य र कृषि सरोकारवाला दुईजना गरी १४ जना सांसदको सहभागिता थियो । सो अवसरमा खाद्यका लागि कृषि अभियानका अभियन्ता डा. कृष्णप्रसाद पौडेलले नेपाली कृषिका प्रमुख सवालहरू कृषि विकासको ढाँचा, नीति र संस्थागत वातावरण, किसानको पहिचान र पहुँच, भूउपयोग र बाँझो जमिन व्यवस्थापन, आयात र निर्यात प्रवद्र्धनको सवाल र सम्बोधनको प्रस्ताव पेश गर्नुभएको थियो ।

सांसदहरूले कृषि नेपालको उन्नतिको क्षेत्र भएको र यसका समस्या सबैका साझा समस्या भएको भन्दै कृषि, सहकारी र वन क्षेत्रमा सरोकार राख्ने नीति निर्माणका लागि कृषि क्षेत्रका विकृतिविरुद्ध खबरदारी गर्र्दै आएको बताएका थिए । समग्र देशको आर्थिक पुनर्निर्माणमा देशको माटो, कृषि, जनस्वास्थ्य र अर्थतन्त्र सुधारसँग खाद्यका लागि कृषि अभियानका गतिविधिहरूमा सहकार्य गर्दै जाने र कृषिका साझा समस्या समाधानका अन्य छलफल तथा क्रियाकलापमा ऐक्यबद्धता जनाउने पनि उनीहरूले बताए । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयोजक अम्बरबहादुर थापाले आफू अभियानका अन्य कार्यक्रममा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बिगँ्रदो कृषि उत्पादनको ढाँचा, किसानको अवस्था सुधारका लागि गोलबद्ध हुन सम्पूर्ण सांसदलाई आग्रह गर्नुभयो । कार्यक्रमको पहिलो सत्रको सहजीकरण खाद्यका लागि कृषि अभियानको सचिवालयबाट सुजता तामाङ र दोस्रो सत्रको सहजीकरण अभियानतर्फबाट टीका भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी सांसद अब्दुल खाँ, अमृतलाल राजवंशी, अशोककुमार चौधरी, विजुला रायमाझी, विमला सुवेदी, विनिता कठायत, कुसुमदेवी थापा, मेटमणि चौधरी, मीना तामाङ, रूपा विक, सरस्वती सुब्बा र ठाकुर गैरेलगायतले हालको कृषि मोडल र कृषि नीतिमा व्यापक परिवर्तनको आवश्यकता आंैल्याएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?