यस्तो छ तरकारी र फलफूलको आजको भाउ

Read Time = 2 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

आज (शुक्रबार) रातो आलु प्रतिकेजी ४६ रुपैयाँ रहेको छ । यसको अधिकतम मूल्य ४८ रुपैयाँ रहेको छ ।

मुढेँको आलुपनि ३६ रुपैयाँ प्रतिकेजी रहेको छ । सुकेको प्याज ३८ रुपैयाँ प्रतिकेजी रहेको छ भने लोकल बन्दा ६० रुपैयाँ केजी रहेको छ ।
स्थानीय काउली ५० रुपैयाँमै पाइन्छ । यी थोक मूल्य विवरण कालीमाटी तरकारी तथा फलफूल विकास समितिले दिएको हो । बाहिर खुद्रा बजारमा अझै केही फरक पर्न सक्छ ।

लाम्चो भन्टा १८, डल्लो भन्टा ३० रुपैयाँ, तने बोडी ४०, घिउसिमी ५०, राजमा ९० टाटेसिमी १८०, भटमास कोसा १५०, घिरौला ५०, चिचिण्डो २०, स्कुस ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यस्तैगरी च्याउ कन्ये २४० रुपैयाँ प्रतिकेजी तोकेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । चुकुन्दर ७० रुपैयाँ प्रतिकेजी रहेको छ भने बन्दा रातो १२० रुपैयाँ रहेको छ । तामा १२० रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?