आममाफीबारे कांग्रेस महामन्त्री थापा : कानुनको छिद्र प्रयोग गरेर गलत निर्णय भइरहेका छन्, सच्याऔँ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले कानुनका छिद्र प्रयोग गर्दै आममाफी दिने प्रवृत्ति रोक्नुपर्ने बताउनु भएको हो ।

संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिनुभएको थिाये। अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ।

चेतन मानन्धरको हत्यामा जेल परेका बाँकेका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको दिनमा आममाफी दिएपछि यसको विरोध भइरहेको छ।

‘संविधानसभाले बनाएको संविधान, संविधानले बनाएको कानुन र ती कानुन अहिले अपव्याख्या भएकोले हाम्रो काँधमा कानुन बनाउने जिम्मेवारी आएको छ,’ थापाले भन्नुभयो, ‘आममाफीको निर्णय गलत छ। सदनदेखि सडकसम्म विरोध भएको छ। विषय अदालतमा पनि पुगेको छ। सरकारले यसको कारण सदनलाई जानकारी गराउनुपर्छ।’

श्रीमानको हत्यारा रिगललाई उन्मुक्ति दिएको विरोधमा भारतीले काठमाडौंको माइतीघरमा बुधबारबाट अनशन सुरू गर्नुभएको छ। मानन्धरले श्रीमानको न्यायका लागि सर्वोच्च अदालतमा रिट समेत दिनुभएको छ।

२०७२ असार २८ गते नेपालगञ्ज उपमहानगरपालिका -८का चेतनको दिनदहाडै हत्या भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?