सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन : प्रदीप पौडेल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्को रुपमा वृद्धि भइरहेको मूल्यवृद्धि सरकारले नियन्त्रण गर्न नसकेको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले १४ प्रतिशतले मूल्यवृद्धि भइसक्दा पनि सरकारले नियन्त्रणका लागि उपस्थिति नदेखिएको बताउनु भयो ।

आर्थिक मन्दीका कारण ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको जानकारी दिँदै उहाँले भन्नुभयो,  ‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइने चामलको बोरालाई अहिले तीन हजार पर्छ। दाल, चिनीलगायत तरकारीको मूल्य आकासिएको छ। सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने घोषणा गरे पनि आर्थिक वर्ष सुरु भएयता १४ प्रतिशतले मूल्यवृद्धि भइसकेको छ ।’

सबै वस्तुमा मूल्यवृद्धि भएको र यसलाई नियन्त्रण गर्न नसक्दा सरकारप्रतिको भरोसा बढ्न नसकेको भन्दै उहाँले भन्नुभयो, ‘सबै चिजको मूल्य बढे पनि सरकारप्रतिको भरोसा बढ्न नसकेको स्थिति हो।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?