राप्रपाको केन्द्रीय प्रशिक्षण : वरिष्ठ पत्रकार दिलभुषणदेखि संविधानविद् भीमार्जुनसम्म

हिमालय टाइम्स
Read Time = 3 mins

धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ । देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ ।

नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिनुभयो ।

प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनु हुने छ । भने वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुबबहादुर प्रधानले प्रशिक्षणको महत्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धि, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरु र राप्रपाको पृथक सिद्धान्त बारेमा प्रशिक्षण दिनुहुने छ ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले नेपालको अर्थतन्त्र सम्बन्धमा, पर्पल फाउण्डेसनकी विज्ञ सिर्जना काफ्लेले गलत सूचना सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले युवा महिला केन्द्रीत नवीन राप्रपा र नेतृत्व सम्बन्धमा, विज्ञ आस्था दाहाल, वरिष्ठ पत्रकार दिलभुषण पाठकले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताउनु भयो ।

प्रशिक्षक प्रशिक्षणको दौरानमा संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसँग संविधानका बारेमा अन्तर्क्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?