यस्तो छ– आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.७२ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९६ रुपैयाँ ५२ पैसा, बिक्रीदर ९८ रुपैयाँ ९६ पैसामा कारोबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसामा खरिदबिक्री गर्न अनुमति पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८४ पैसा र बिक्री दर ९ रूपैयाँ ८८ पैसामा खरिदबिक्री हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँ कायम गरिएको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँमा कारोबार हुनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६८ पैसा तथा विक्रीदर ४३१.६२ पैसा कायम भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?