संघीय स्वरुपमा जाँदा विद्यालय शिक्षा विधेयकमा केही कुराहरु छुटेका छन् : वर्षमान पुन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले विद्यालय शिक्षा विधेयकलाई निक्र्योलमा पु¥याउने जिम्मा सांसदको हातमा रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रश्तावमाथि छलफलमा भाग लिँदै सांसद पुनले सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकालेपनि विधेयक टुगोंमा पु¥याउने जिम्मा सांसद्हरुको रहेको बताउनुभएको हो ।

उहाँले सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसद्सम्म ल्याएको भन्दै विधेयकलाई संसोधन गरेर शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरुलाई समेट्नुपर्ने बताउनु भयो । अहिलेको अवस्थामा समाजवाद तर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ति तयार गर्न जरुरी रहेको बताउनु भयो । वैज्ञानिक र प्राविधिक शिक्षाले मात्रै देश समृद्ध हुने भन्दै संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु अपुग भएको उहाँको भनाई छ ।

सांसद पुनले भन्नुभयो, ‘सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसदसम्म ल्याइपु¥याएको छ । सरकारले संसद्बाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्विकारपनि गरिसकेको अवस्था छ । सबै माननीयले यसमा पर्याप्त काम गरौँ । संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्छ । समाजवादतर्फ लैजान सक्ने राष्ट्रिय जनशक्ती तयार गर्न जरुरी छ । त्यो भनेको वैज्ञानिक शिक्षाको कुरा हो । प्राविधिक शिक्षाको कुरा हो । देशभक्त नागरिक तयार गर्ने कुरा हो । त्यस अनुसार शिक्षा विधेयकलाई समृद्ध गर्न आवश्यक छ । संघीय स्वरुपमा जाँदा विधेयकमा कतिपय कुराहरु पुगेको छैन भनेर सार्वजनिक रुपमा प्रश्नहरु पनि उठेको छ । त्यसलाई संसोधनमार्फत परिमार्जन गर्न सकिन्छ । शिक्षा राज्यको दायित्व हो । त्यसमा विभिन्न पक्षहरुसंग सहकार्य गरेर जानुपर्छ ।’

उहाँले संविधानको मर्म अनुसार विधेयकलाई अघि बढाउनुपर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?