बिर्तामोड । साहित्य चौतारीले रजत वर्षको अवसरमा वरिष्ठ साहित्यकारहरू युवराज काफ्ले, मुक्ति उपाध्याय बराल, मीमलाल सापकोटा, विमला तुम्खेवा र भक्त खपाङ्गीलाई अभिनन्दन गरेको छ । साहित्य चौतारीका संरक्षक एव अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानितहरूको तर्फबाट साहित्यकार युवराज काफ्लले भाषा र स्रष्टा सम्मानमा साहित्य चौतारीको योगदान अतुलनीय रहेको बताउनुभयो ।
साहित्यकार हरिनारायण भट्टराईको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा पत्रकार डिएल प्रधान, साहित्य चौतारीका सल्लाहकार एवं आख्यानकार राजेन्द्र संग्रौला, अनिरुद्र ओली, संगीकार रमेश गुरुङ, संरक्षक उर्मिला विमली श्रेष्ठलगायतको आतिथ्यता थियो ।
चौतारीका प्रेस सल्लाहकार एवं पत्रकार तुलसी निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका सचिव गौरव श्रेष्ठले कार्यक्रमको औचित्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा भारतीय गायिका जुनु गौतमको विशेष प्रस्तुति रहेको थियो भने सप्तकसंगीत विद्यालयका विद्यार्थी अन्नत मिश्रको पनि प्रस्तुति थियो ।
साहित्य चौतारीको रजत जयन्तीको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रमा कवि मोक्ष खतिवडाले कविता, सप्तक संगीत विद्यालयका विद्यार्थीहरू क्रमशः प्रज्वल थापा, मनिषा भट्टराई, आलिया अधिकारीले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच