भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल भलिबल संघले भलिबल राष्ट्रिय टिमका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ ।

आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै संघले उनलाई  कप्तानबाट बर्खास्त गरेको हो ।

गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले आफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग निर्वाह नगरेको आरोप छ । आफ्नो कप्तानीमा रहेका टिम आर्मीका खेलाडीले दर्शकलाई पिटेपछि उनलाई कप्तानबाट बर्खास्त गरिएको हो ।

घटनापछि महासचिव तथा प्रतियोगिता संयोजक समेत रहेका रोशन श्रेष्ठको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिको सिफारिसमा उनलाई बर्खास्त गरिएको हो ।

समितिमा श्रेष्ठसहित सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अन्जु श्रेष्ठ र जुनु पुन थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?