स्मिथको अर्धशतकमा अष्ट्रेलियालाई अग्रता

Read Time = 2 mins

सिड्नी । स्टिभ स्मिथको अर्धशतकको मद्दतमा अष्ट्रेलियाले द एसेज टेस्टको पाँचौँ टेस्ट खेलमा पहिलो इनिङमा इंग्ल्याण्डविरुद्ध अग्रता बनाएको छ । अष्ट्रेलिया पहिलो इनिङमा २९५ रनमा अल आउट भएसँगै १२ रनको झिनो अग्रता बनाएको हो ।

अष्ट्रेलियाका स्टिभ स्मिथले १२३ बलमा ६ चौकासहित ७१ रन जोड्नुभयो । त्यसबाहेक ओपनर उस्मान खवाजा ४७, डेविड वार्नर २४, मार्नस लाबुसेन ९, एलेक्स केरी १० र मिचेल मार्स १६ रनमा आउट हुनुुभयो । इंग्ल्याण्डका क्रिस वोक्सले सर्वाधिक तीन विकेट लिनुभयो । स्टुअर्ट ब्रोड, मार्क वुड र जो रुटले समान दुई विकेट लिनुभयो ।

त्यसअघि द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्याण्ड मात्रै ५४.४ ओभरमा २८३ रनमा अल आउट भएको थियो । इंग्ल्याण्डका युवा ब्याटर हृयारी बु्रकले ९१ बलमा ११ चौका र दुई छक्कासहित सर्वाधिक ८५ रनको इनिङ खेल्नुभएको थियो ।

ओपनर ज्याक क्रली २२, बेन डकेट ४१, मोइन अली ३४, जो रुट पाँच, बेन स्टोक्स तीन, जोनी बेयरस्टो चार, मार्क वुड २८ र क्रिस वोक्सले ३६ रनको योगदान दिनुभयो । अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक चार विकेट लिनुभयो । पाँच खेलको सिरिजमा अष्ट्रेलिया दुई-एकले अघि रहँदै एसेज ट्रफी रक्षा गर्न सफल भइसकेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?