युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर क्षेत्रमा सम्भावना छन् : अध्यक्ष ढकाल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 6 mins

रुपन्देही । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना मात्र रहेको बताउनु भएको छ । बुटवल उद्योग बाणिज्य संघको ७० औं बार्षिक साधारण सभा तथा २५ औं अधिबेशनमा बोल्दै उहाँले पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेपनि नेपालको हर क्षेत्रमा सम्भावना रहेको वताउनु भयो।

खाली स्थान, अनकन्टार ठाउँ जहाँ पनि सम्भावना रहेको तर काम गर्ने इच्छा शक्ति नहुँदा विदेश पलायन हुनेहरु धेरै भएको ढकालको भनाई छ । अहिले केही असजिलो भएको भन्दै कालीगण्डकी कोरिडोरले कोरोला नाका पुगेमा यस क्षेत्रको मात्र नभई समग्र देशको आर्थिक चलायनमान गर्ने सम्भावना रहेको समेत बताउनु भयो ।

आफु शुन्यबाट उठेर विभिन्न व्यवसायीक घरनाको नेतृत्व गरेको स्मरण गर्दै उहाँले सम्भावनाको पहिचान गर्न नसक्दा पनि नेपालमा नयाँ कार्य केही हुन नसकेको ढकालले बताउनु भयो। उहाँले उद्योगीहरुले भोग्दै आएको ट्रंक लाईनको विषय प्रधानमन्त्री स्तर सम्म पुगेर छलफल भइरहेको समेत बताउनु भयो । व्यवसायीहरुले विद्युत्त उपयोग नगरेको अवस्थामा जरिवाना तिर्न प्राधिकरणबाट ताकेता आए पश्चात यस बारे प्रधानमन्त्री, जलस्रोत मन्त्री, विद्युक्त प्राधिकरणका प्रतिनिधीहरु सहित छलफल भएको र लाईन काट्ने निर्णयबाट सरकार पछि हटेको ढकालले बताउनु भयो ।

अहिले बजारमा देखिएको मन्दी विश्वभर रहेको बताउँदै नेपालमा अर्थतन्त्रमा देखिएको मन्दी कुनै सरकार वा नीति क्षेत्रका कारण नआएको भन्दै अब यो मन्दी विस्तारै लयमा आउने समेत विश्वास व्यक्त गर्नुभयो । ‘पर्यटकहरु आउने संख्या बढ्दै गएको छ । बैंकहरु लगानी गर्न ईच्छुक देखिएका छन् । अब केही सुधारको संकेत देखिदैछ । जग्गा कित्ता खुल्लाका साथै मौद्रीक नीतिमा पनि सुधार भएको छ’ ढकालले भन्नुभयोे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीनै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रमा देखिएका संकट समाधान गर्न सकिने भन्दै निराशाको सन्देश फैलाउन नहुनेमा जोड दिनुभयो ।

बुटवलमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रमा २ सय उद्योग स्थापना हुन सक्ने तर जग्गाको यकिन हुन नसक्दा औद्योगिक क्षेत्र स्थापनामा ढिलाई भएको उनले बताए । नगर प्रमुख पाण्डेयले भारतका उद्योगी व्यवसायीका संस्था र मेयरहरुको सम्मेलन बुटवलमा गरी पर्यटक भित्राउन पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवा शक्तिको विदेश पलायनले देशमा श्रमिक अभावको डरलाग्दो अवस्था आउन थालेकाले यसलाई रोक्नुपर्ने वताउनु भयो ।

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीहरुले असोज मसान्तमा किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेकाले थप गर्न माग गर्नु भयो ।महासंघका पुर्व उपाध्यक्ष किशोर प्रधानले जनप्रतिनिधि र सरकारका विभिन्न निकायका गलत निर्णयका कारण निजी क्षेत्र संकटमा परेको बताउनु भयो।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल,महासंघका केन्द्रीय सदस्य राजेश अग्रवाल,चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल,संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ,महासचिव विमलराज भट्टराईले मोतिपुर औद्योगिक क्षेत्र छिटो स्थापना गरी लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

रुपन्देहीको आर्थिक क्षेत्रमा समाचारमार्फत योगदान पु¥याएको भन्दै उद्योग वाणिज्य संघ बुटवलले पत्रकार सन्जु पौडेललाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरिएको गरेको छ । महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल , बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पुरस्कार हस्तान्तरण गर्दै उनलाई सम्मानपत्र र नगद राशि प्रदान गर्नु भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?