सिलिचुङ खानेपानी भोजपुरको मतगणना सुरु

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा खानेपानी ब्यवस्थापनको जिम्मा पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वको लागि शुक्रवार भएको निर्वाचनमा ५४ प्रतिशत मतदान भएको छ ।

मतदानमा कुल १ हजार ९ सय ५१ मध्ये १ हजार ५६ मत खसेको छ । जुन ५४ दशमलब १३ प्रतिशत हो । कोषाध्यक्ष पदमा कृष्णमाया तामाङ निर्विरोध निर्वाचित भएकाले अध्यक्ष सहित ८ पदको लागि शुक्रबार बिहान ८ बजे देखि ४ बजेसम्म मतदान भएको थियो ।

मतदान सकिएकाले मत गणना सुरू गरिएको निर्वाचन समितिका संयोजक भीषण श्रेष्ठले बताउनुभयो । निर्वाचनमा तुफान किराँतको समुहबाट उपाध्यक्षमा लिलामाया तामाङ, सचिव सुदीप कार्की, खुल्ला सदस्यमा नारायणबहादुर कार्की, डम्बर कुमार श्रेष्ठ, महिला सदस्य लक्ष्मी कुमारी खत्री, जनजाति सदस्य कल्पना देवी तामाङ र दलित सदस्यमा देवी सुन्दास उम्मेदवार हुनुहुन्छ ।

यस्तै राजकुमार श्रेष्ठको समुह तर्फबाट उपाध्यक्षमा निर्मला राई, सचिव घमचन्द्र दाहाल, खुल्ला सदस्यमा चित्रबहादुर प्रधान, रमन राई, महिला सदस्य सुशिला तामाङ, जनजाति सदस्य दीपबहादुर श्रेष्ठ र दलित सदस्यमा दुर्गा रणपहेली प्रतिस्पर्धामा हुनुहुन्छ ।

जिल्लामा सिलिचुङ खानेपानीबाट बितरीत पानी भोजपुर नगरपालिकाको वडा नम्वर ५, ६, ७, ८, ९ र १२ गरी छ वटा वडाका दुई हजार दुई सय घरधुरीले उपयोग गर्दे आई रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?