काठमाडौं । सन् २०२४ मा नेपालबाट दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) प्रणालीमार्फत साढे १३ हजार कामदार लैजाने भएको छ । अगामी वर्षका लागि नेपाललगायत विभिन्न १६ राष्ट्रबाट एक लाखभन्दा बढी श्रमिक भिœयाउने योजना सार्वजनिक गरेको थियो । जसमा साढे १३ हजार कोरियाले नेपालबाट कामदार लैजाने भएको हो । कोरियाको मानव संशाधन केन्द्रले १३ हजार ५०० कामदार लिने प्रस्तावसहितको पत्र पठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
कोरियाले सन् २०२३ मा इपिएसमार्फत कोरियाले १४ हजार ९१३ जना कामदारको कोटा छुट्याएको थियो । त्यसमा कोरियन भाषा परीक्षामार्फत ११ हजारभन्दा बढीका कामदार रोजगारीका कोरिया पुगेको वैदेशिक रोजगार इपिएस शाखाले जनाएको छ । सन् २०२२ मा नेपालबाट १५ हजार युवा कोरिया गएको शाखाले जनाएको छ । विगतको तुलनामा आगामी वर्षका लागि कोरिया सरकारले कोटा घटाए पनि श्रमिकका लागि क्षेत्र बढाएको कोरियाले विगतमा हरेक वर्ष करिब आठ हजार नेपाली कामदार रोजगारीमा लिँदै आएको थियो । सन् २०२३ देखि माग संख्या बढाएर नौ महिनामा नौ हजार कामदार लिएको शाखाले जनाएको छ ।
सन् २०२१ मा कोरियाले नेपालबाट एक हजार २७, २०२१ मा ३७८, २०२२ मा १४ हजार र २०२३ को मे अर्थात नौ महिनामा नौ हजार युवा माग गरेको छ । हालसम्म इपिएसअन्तर्गत ९० हजार नेपाली युवा रोजगारीका लागि कोरिया पुगेको शाखाले जनाएको छ । भने, आगामी वर्ष एक लाखभन्दा बढी पुग्ने शाखाको अनुमान छ ।
कोरियाले इपिएस प्रणालीमार्फत नेपाली कामदारको कोटा र क्षेत्र वृद्धि गरिरहेको वैदेशिक रोजगार विभागको महानिर्देशक मदन दाहालले जानकारी दिनुभयो । देशभित्र रोजगारीको सम्भावना नभएसम्म नेपाली युवालाई विकसित र धेरै कमाइ हुने देश वैदेशिक रोजगारीमा पठाउनुपर्ने उहाँले बताउनुभयो ।
आगामी वर्ष पनि कोरियाले नेपालबाट धेरै क्षेत्रका कामदार लैजाने भएको छ । कोरियाले माग गरेअनुसार कामदार पठाउने गरी तयारी भइरहेको उहाँको भनाइ छ । कोरिया सरकारले कामदारको माग पठाउँदै आएको छ ।
नौ क्षेत्रमा नेपाली कामदार लैजाने
कोरियाले सूचना तथा सञ्चार (आइटी), यातायात, रेष्टुरेन्ट, क्याफे, डिपार्टमेन्टल स्टोर र होटलमा समेत नेपाली कामदार लैजान प्रस्ताव गरेको श्रम, मन्त्रालयले जनाएको छ । नेपाली कामदार कोरियन भाषामार्फत कोरियाले जारी गर्दै आएको ई–९ भिसा अन्तर्गत रेष्टुरेन्ट, क्याफे, सुविधा स्टोर, उद्योग, पानीजहाज, निर्माण क्षेत्र र होटलजस्ता सेवा उद्योगमा कानुनी रूपमा रोजगारीका लागि जान पाउने श्रम मन्त्रालयले जानकारी दियो ।
कोरियाले उद्योग तथा कृषि क्षेत्रमा मात्र नेपाली कामदारलाई अनुमति दिँदै आएकोमा अब अन्य क्षेत्र पनि रोजगारीका अवसर दिन थालेको छ । कोरियाले पछिल्लो समय उत्पादनमूलक र कृषि तथा पशुपालनबाहेक सिप विल्डिङमा तीन हजार लैजाने घोषणा गरेको छ । उक्त घोषणाअनुसार परीक्षा सञ्चालन भइरहेको शाखाले जानकारी दियो ।
कोरिया सरकारले गैरव्यावसायिक वैदेशिक रोजगारीमा आउने विदेशी कामदार ई-९ भिसामा परिमार्जन गरी कामदार अभाव भएका अन्य क्षेत्र तथा व्यवसायलाई विदेशी कामदार विभिन्न क्षेत्रमा राख्न दिने व्यवस्था गरेको छ ।
इपिएसअन्तर्गत हाल ई-९ भिसा भएका नेपालीले ई-७ भिसा परिवर्तन गरेर अन्य क्षेत्रमा काम गर्दै आएका छन् । ई-९ भिसा प्राप्त गरेका विदेशी श्रमिकले उद्योग, निर्माण, मस्त्यपालन, कृषि र पशुपालन र केही सेवा उद्योग, फोहोर प्रशोधन, रिसाइकल सामग्री संकलन, बिक्री तथा फ्रिजिङ भण्डारण, प्रकाशनजस्ता क्षेत्रमा समेतमा काम गर्न भिसा परिवर्तन गर्न पाउनेछन् । यो सुविधा कोरिया सरकारले विदेशी कामदारलाई यही वर्षदेखि दिएको हो । हाल कोरियामा दक्ष नेपाली कामदारले ई-७ भिसा प्राप्त गरेर यस्ता क्षेत्रमा काम गर्दै आएका छन् ।
कोरियामा उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्रमा ४५ हजार नेपाली कामदार रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । हाल कोरियामा कार्यरत नेपाली कामदारले मासिक तीन लाख रुपैयाँसम्म कमाउने गरेका छन् ।
आगामी वर्षका लागि इपिएस र अन्य श्रम अनुमति लिएर कोरियामा कार्यरत नेपालीको तलब प्रतिमहिना ५० हजार वन अर्थात् पाँच हजार रुपैयाँ वृद्धि भएको छ । यो वृद्धिसँगै कोरियामा कार्यरत नेपाली कामदारको मासिक तलब २ लाख ६ हजार ७४ रुपैयाँ भएको छ । जसमा दैनिक तीन घण्टासम्म ओभरटाइम काम गरेर नेपाली कामदारले मासिक तीन लाख रुपैयाँसम्म कमाउने गरेको बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच