‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’को उपाधि आजमा र लिलिललाई

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’को उपाधि आजमा महर्जन र लिलि महर्जन सुवालले चुम्नुभएको छ । आजमा मिसतर्फको शीर्ष विजेता चुनिदा लिलि मिसेज तर्फको विजेता घोषित हुनुभएको हो ।

ताजसँगै विजेता दुवैले विभिन्न अवसर र उपहार आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । विजेता दुवैले आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने ग्रीनआर्ट मिडियाका सिइयो प्रवीन लाकौलले जानकारी दिनुभयो । हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन उद्देश्यले आयोजना हुँदै आएको छ ।

प्रतियोगितामा ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’तर्फ दीपिशा तामाङ फष्टरनरअप र पूर्णिमा शाही ठकुरी सेकेण्ड रनरअप बन्दा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ तर्फ पुनम थापा लुइँटेल फष्ट रनरअप हुनुभयो । हेरिटेज र सम्पदाको विभिन्न झल्को दिने प्रस्तुतिसहित सुरु भएको प्रतियोगिता हेरिटेज गार्डेन सानेपा, ललितपुरमा शुक्रबार अबेर साँझ सम्पन्न भएको थियो ।

अनुष्मा रायमाझी (मिस इको २०२० र मिस इको इन्टरनेशनल २०२०), राजभाई सुवाल (भेट्रान फोटोग्राफर) सरिताश्री ज्ञावली (मिडिया पर्सन), सन्तोष सापकोटा चियर पर्सन इप्लानेट, फाउण्डर हेरिटेज पेजेन्टस्) प्रतियोगितामा निर्णायक रहनुभएको थियो ।

नेपालका लागि इथियोपियाको मानार्थ महावाणिज्य दूतावास/पूर्वगभर्नर लायन्स क्लब इन्टरनेशनल डिस्ट ३२५ एफ/उद्योगी तथा समाजसेवी डा.राजेन्द्र गिरी मुख्य अतिथि रहेको प्रतियोगीतामा पत्रकार, सामजसेवी, बुद्धीजिवीलगायत विभिन्न व्यक्तिको उपस्थिती थियो । प्रतियोगीतामा मोष्ट फोटोजेनिक दीपिशा तामाङ, मोष्ट ट्यालेन्ट प्रगती भट्टराई, मोष्ट पपुलर पुनम थापा लुइँटेल, मोष्ट डिसिप्लेन सोनु भुसाल, वेष्ट इभिनिङ क्लाउण्ड पूर्णिमा शाही ठकुरी, वेष्ट पफमर आजमा महर्जन, वेष्ट स्माइल, र वेष्ट चामिङ पर्सनालिटी लिलि महर्जन सुवाल, मोष्ट पङ्च्युअल कृष्णला शाह, वेष्ट हेयर आशिका परियार बन्नुभएको थियो ।

१२ प्रतियोगी रहेको प्रतियोगितामा सबै प्रतियोगी विभिन्न दर्जन बढी प्रशिक्षणसहित फाइनल स्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?