विशाल मिलन केन्द्रको पहिलो जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विशाल मिलन केन्द्रले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) मा पहिलो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा बुढानीलकण्ठ बास्केटबल क्लबलाई ओभर टाइममा पुगेर ९७-८८ स्कोरले हराउँदै विशाल मिलनले पहिलो जित दर्ता गरेको हो ।

पहिलो क्वाटरमा २१-२१ को बराबरी रहेको खेलमा दोस्रो क्वाटरको समाप्तिमा विशाल मिलन ४४-३३ ले पछाडि रहृयो । तेस्रो क्वाटरको समाप्तिमा ६२-६१ ले विशाल मिलन अगाडि रहे पनि चौथो तथा अन्तिम क्वाटरको समाप्तिमा खेल ८१-८१ को बराबरी भएको थियो । ओभर टाइमका बुढानीलकण्ठले आठ स्कोर गर्दा विशालले १६ स्कोर थप्यो । २१ स्कोर गरेका विशाल मिलनका दिपशन केसी खेलको म्यान अफ दी म्याच चुनिनुभयो ।

त्यसअघि दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले हाउड्स एकेडेमीलाई १०१-७९ स्कोरले हरायो । पहिलो क्वाटरमा २५-२५ को बराबरीबाट दोस्रो क्वाटरमा पुग्दा आर्मीले ६१-३८ को अग्रता बनाएको थियो । तेस्रो क्वाटरमा आर्मीले ७३–५९ स्कोरले अग्रता बढायो । ३० स्कोर गरेका आर्मीका निकेश रखाल म्यान अफ दी म्याच चुनिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?