एमाले कार्यकर्ताले दुर्व्यवहार गरे : दुर्गा प्रसाईं

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालोमोसो दल्ने एमाले कार्यकर्ता भएको आरोप लगाउनु भएको छ ।

प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा अज्ञात व्यक्तिले उहाँमाथि कालोमोसो दलेका थिए।

प्रसाईले उक्त घटनामा एमालेका कार्यकर्ता संलग्न रहेको आरोप लगाउनु भयो। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उहाँको भनाइ छ।

देशमा देखिएका विभिन्न समस्याका विषयमा राखिएको छलफल कार्यक्रमलाई सम्बोधन गरिसकेपछि गाडी चढ्ने बेलामा रंग–पानीले भरेको बोतलबाट एमालेका कार्यकर्ताले आफूमाथि छ्यापेको उहाँको आरोप छ।

प्रसाईंले एमाले कार्यकर्तालाई आरोप लगाइरहँदा प्रहरीले भने अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?