शिखर इन्स्योरेन्सद्धारा रास्कोट नगरपालिकालाई दश लाख आर्थिक सहयोग

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले संचालन गरेको एक घर एक ओखर कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि शिखर इन्स्योरेन्स कम्पनीले दश लाखको आर्थिक सहयोग गरेको छ ।

नगरपालिकाले किसानमैत्री कार्यक्रमलाई नतिजामुखी र सफल बनाउनका लागि शिखर इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश कार्यालयका प्रमुख गणेश जोशीबाट नगर प्रमुख धर्मराज शाहीलाई दश लाख ७८ हजारको चेक हस्तान्तरण गरिएको शिखर इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश इन्चार्ज ऋषिराम पाण्डेले जानकाकारी दिनुभयो ।

नगरपालिकाले संचालन गरेको ओखर खेतीबाट यहाँका किसानलाई राहत पुगोस् भनेर शिखर कम्पनीले नगरपालिलाका मार्फत ओखर खेती गर्ने किसानलाई आर्थिक सहयोग गरेको शिखर बीमा कम्पनीका कर्णाली प्रदेश इन्चार्ज पाण्डेको भनाइ छ ।

नगरपालिका नौवटै वडामा यो वर्षबाट एक घर एक ओखर कार्यक्रम लागु गरी संचालनमा आएको छ । रास्कोटमा ओखर खेती बढी सम्भावना भएको ठाउँ समेत भएकोले शिखर इन्स्योरेन्स कम्पनीसंग सहकार्य गरेर नगरपालिकाले सो कार्यक्रम लागु गरेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताउनुभयो ।

स्याउ जोन कार्यक्रमले खासै प्रतिफल दिन सकेनन् । नगर प्रमुख शाहीले भन्नुभयो, “ ओखर खेतीमा रास्कोटका किसानको भविष्य देखिएको छ । शिखर बीमाले उक्त कार्यक्रममा ६० प्रतिशत आर्थिक लगानी गरेको छ। नगरपालिकाले यो वर्षबाट १८ लाख बजेट विनियोजित समेत गरेको छ । बीमा कम्पनीबाट प्राप्त भएको रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिने भएको छ । आवश्यकता अनुसार कार्यक्रमको थप बजेटको व्यवस्थापन हुने भएको छ । नगरपालिका करिब तीन हजार घरदुरी एक घर एक ओखर कार्यक्रमबाट लाभान्वित हुने नगर प्रमुख शाहीको भनाइ छ ।

शिखर इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेश कार्यालयको आयोजनामा रास्कोट नगरपालिका जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,अगुवा किसान र स्थानीयवासिलाई एक दिने बीमा सचेतना कार्यक्रम संचालन गरेको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । नेपालको बिकट जिल्ला जुम्ला, कालिकोट, डोल्पा मुगुका जनतालाई बर्षेनि मौषमका कारण स्याउ खेतिमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकाङ्गक बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पुर्ति प्रदान गर्दे आएको शिखर इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश कार्यालय प्रमुख गणेश जोशीले जानकारी दिनुभयो । देशभरका जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्ला सहित कुल ११० शाखा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?