युनिसेफले बंगलादेशी बालबालिकालाई लक्षित गर्दै डिजिटल साक्षरता कार्यक्रम गर्ने

Read Time = 3 mins

ढाका । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बंगलादेशका बालबालिकाका लागि डिजिटल साक्षरता र अनलाइन सुरक्षालाई सदृढ पार्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष साझेदारी कार्यक्रमअन्तर्गत बंगलादेशका एक करोडभन्दा बढी बालबालिकाले प्रविधिको नैतिक र जिम्मेवार प्रयोगका लागि उचित ज्ञान प्राप्त गर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय स्रोतले दिएको जानकारी अनुसार बंगलादेशको दूरससञ्चार, नर्वेली टेलिकम कम्पनीलगायतको सहकार्यमा कार्यक्रम सफल पार्न पहल गरिनेसमेत स्रोतले जनाएको छ ।

इन्टरनेटले बालबालिकाको शिक्षा र बृद्धि बिकासका लागि धेरै अवसरहरू प्रदान गर्दा गर्दै पनि उनीहरूको डिजिटल सुरक्षा सुनिश्चित गरी खतराबाट जोगाउनका लागि कार्यक्रम आयोजना गरिएको बंगलादेशका लागि यूनिसेफका प्रतिनिधिले बताउनुभयो । कार्यक्रमबाट बंगलादेशका ८,९ र १० कक्षाका एक करोडभन्दा बढी बिद्यार्थी लाभान्वित हुनेछन् ।

सहभागी विद्यार्थीहरूमध्ये १० लाख अपांग तथा जोखिममा परेका बालबालिकालाई डिजिटल शिक्षा यात्रामा सहयोग गर्ने बंगलादेशका लागि युनिसेफका प्रतिनिधिले बताउनुभएको छ । कार्यक्रमबाट कक्षा ८ देखि १० कक्षासम्मका ६० लाख विद्यार्थीले उमेरअनुसार डिजिटल सुरक्षा र साक्षरतामा धेरै सर्तहरू प्राप्त गर्न सक्ने स्रोतले जनाएको छ । यस परियोजनाले विद्यार्थीका साथै दुई हजार ५ सय शिक्षक र २० लाख अभिभावकलाई समेत अनलाइनको सुरक्षा र उपयोगबारे ज्ञान बिस्तार गर्ने विश्वास आयोजकले लिएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?